Aamsanchar

‘नौबीसे सडकको जाम हट्यो’

Author Image
सोमवार, असोज १३, २०७६


काठमाडौं । नौबीसे, नागढुंगा सडकको सवारी आवागमन सहज बन्न थालेको छ । लगातारको जामबाट यात्रुले सास्ती खेपेपछि प्रहरीले अप्रेसन टोली नै परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, शनिबारदेखि सुध्रँदै गएको नागढुंगा(नौबीसे सडक खण्डमा अहिले जाम छैन । सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सवारी साधनहरु सहज ढंगले गन्तव्यतर्फ अघि बढेको कार्यालयको भनाइ छ । ‘सोमबार बिहानैदेखि नौबीसे(नागढुंगा सडक खण्डमा कुनै जाम छैन । सहज रूपमा सवारी आवागमन भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान सडकको पछिल्लो अपडेट सार्वजनिक गर्दै भनेको छ ।

दशैंको मुखमा जीर्ण सडक मर्मत नगरिँदा देशकै लाइफलाइन मानिने नौबीसे(नागढुंगा सडक केही दिन अस्तव्यस्त बनेको थियो । यात्रुहरूले यो खण्डमा दिनमै १२ घण्टासम्म जाम व्यहोरेका थिए । जामकै कारण एक बिरामीको ज्यानसमेत गएको थियो ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर