अमरगढी,

सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले विपद्बाट जोगिन सबैले चनाखो रहुनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयले आज डडेल्धुरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा उहााले विपद् भइपरी आउने भएकाले यसबाट जोगिन सबैले चनाखो रहे कम क्षति र सुरक्षित हुनसकिने बताउनुभयो ।

उहाँले अहिले पहाडी जिल्लामा वनजङ्गल फँडानी तथा जलवायु परिर्वतनले पारेको असरले बाढी, पहिरो, खडेरीसँग सामना गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समयमा स्थानीय तहले विकास बजेटका नाममा प्रत्येक स्थानीय तहमा सडक सञ्जाल पुगाउने उद्देश्यले डोजरको प्रयोगले गर्दा उत्पादनयोग्य जमीन मासिँदै गएको र उच्च पहिराको जोखिमसमेत बढेको बताउनुभयो ।

प्रकोपको पूर्ण व्यवस्थापन गर्ने उद्देश्यले अहिले प्रदेश राजधानीमा आपत्कालिन कोष तथा उद्धार संयन्त्रको पूर्ण व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो । विपद्मा परी गत आवमा प्रदेशमा ९८ को मृत्यु, पाँच बेपत्ता, १० हजार ५६२ परिवार प्रभावित, २८८ जना घाइते र ४६८ घरको पूर्ण क्षति भएको मन्त्रलायको तथ्याङ्क रहको छ ।
प्रदेशको विपद्को अवस्थार रणनीतिक योजनाका विषयमा जिल्लाका, स्थानीय तहको संरचना र सुरक्षा, दीर्घकालीन योजना र अल्पकालीन योजनाका बारेमा स्थानीय तहका प्रमुख र उप–प्रमुखसहित विपद् सम्बन्धी काम गर्दे आहिरहेका सङ्घ संस्था तथा सञ्चारकर्मीसँग कार्यक्रममा छलफल गरिएको थियो ।

