Aamsanchar

अहिले देखि ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं

Author Image
मङ्गलवार, असोज १४, २०७६

संसारमा सबैभन्दा खुशी आमा बुवाले आफ्ना सन्तानलाई देख्न चाहन्छन्, रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाँउदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षादिक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे भनें पनि हामी तिनीहरुकै सपनाको एउटा पुञ्ज हौं । समयक्रम संगै बुवाको पाखुराको बल कम हुन्छ, आमाको शरीर कमजोर हुँदै जान्छ अनि जीवनको चक्र, बुढेसकाल शुरु हुन्छ ।

ज्येष्ठ नागरीक अर्थात पाका उमेरका बृद्धबृद्धाहरु , प्राय देशहरुमा ६० बर्ष पुरा भएका नागरीकलाई राज्यले ज्येष्ठ नागरीकको श्रेणीमा राखेको छ । उमेर ढल्कँदै गएपछि अरुहरु प्रति हुने निर्भरता, जीवनशैली को कष्ट अनि माया ममताको चाहलाई झर्कोफर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउने अनि हेला गर्ने चलन पनि देखिएको छ । स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै अब आउने पुस्ताले हामीलाई दिने माया र सदभाव निर्धारण गर्दछ ।

उमेर ढल्कंदै गएपछि एक्लोपना बढ्दै जान्छ, आफ्ना मनमिल्ने साथीभाई को कमी अनि पुराना यादको बहावले बहकाउने गर्दछ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।

समाजको खुल्ला डवली अनि पलेँटीहरुमा ज्येष्ठ नागरिकहरुलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरु प्रदान गरौं । यहाँ पालोको पैँचो सबैले तिरेका छन्, हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौं, अहिले देखि ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर