Aamsanchar

बिर्तामोडको टायमलेस होटलले गर्यो थप सेवा विस्तार

Author Image
बुधवार, असोज १५, २०७६

चारपाने, असोज १५ । झापाको बिर्तामोडमा रहेको होटल टाइमलेस मोमेन्ट्सले आफ्नो सेवा विस्तार गरेको छ । दुई बर्ष अघी रेष्टुरेन्ट मात्र संचालनमा ल्याएर सुरु भएको होटलले आजबाट गेष्ट हाउसको पनि सुविधालाई सेवाग्राफी समक्ष पस्केको छ ।

१२ कठ्ठा क्षेत्रफलमा निर्माण भएको होटल बिर्तामोडमा संचालनमा आएका होटलहरु मध्ये पर्याप्त पार्किको क्षेत्रको कारण पनि धेरैको रोजाईमा पर्ने गरेको छ । शान्तवातावरणमा रहेको होटलमा एसी डिलक्स रुम, १२ वटा एसी कोठा, मिनी सुवीमिङ पुल, मिनी कन्फेन्स हल, पहिलो तल्लामा इलामेली रिफ्रेसमेनट, दोस्रो तललामा सयपत्री डाईनिङ रहेको छ भने तेस्रो तल्लामा स्टार सिटी बार, सबैभन्दा माथिल्लो तल्लामा साखेजुङ रुफटप लगायतका सेवाहरु रहेकोे आज होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संचालन जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।


लिफ्ट, २४ घण्टा तातो चिसो पानीको व्यवस्था रहेको टायमलेसमा ३ हजार देखि ५ हजार सम्मका रुम हरु रहेको छ । नेपाली मौलिक र विदेशी खानाहरु उपलब्ध गराउदै आएको होटलमा हाल २५ जनाले रोजगारी पाएका छन ।
विवाह ब्रतबन्ध, पार्टी, सेमिनार गर्न फराकिलो ठाउँ रहेको यस होलमा हप्ताको सोमबार, बुधबार र शुक्रबार लाईभ म्यूजिक समेत हुने संचालक बस्नेतले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर