Aamsanchar

एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र

Author Image
बिहिवार, असोज १६, २०७६

काठमाडौं, 

बारामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो।

एकै ठाउँमा पाँचजनाको शव भेटिएको जानकारी बुधबार राति ८ बजेतिर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको छ ।

प्रहरीका अनुसार स्थानीय जोगा मुखियाको निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा शव भेटिएको हो। घरमुली जोगा मुखिया पनि मृत भेटिएका छन्। मृतकहरुका जोगा र उनका भाइका परिवारका सदस्य छन्।

दुवै दाजुभाइका छोराछोरी पनि मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । सेप्टिक ट्यांकीमा शव भेटिएको हुनाले उनीहरुले निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

तर अनुसन्धान भइरहेकाले घटना भवितव्य या हत्या भन्ने खुलिनसकेको प्रहरीको भनाइ छ। यो घरमा प्रहरी पुग्दा जोगा मुखियाकी वृद्धा आमा मात्रै भेटिएकी छन्।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर