Aamsanchar

प्रदेशको नाम, भाषणमै सिमित

Author Image
बिहिवार, असोज १६, २०७६

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नाममा सहमति जुटाउने विषयमा सकस भइरहेको बताएका छन् । उनले सहमतिबाटै नाम जुटाउने प्रयासस्वरुप छलफलसँगै वार्ता संवाद भने जारी राखिएको बताए ।

प्रदेश सभाले बिहीबार प्रदेश सभा सचिवालयमा आयोजना गरेको दशैंको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले नामकरणको विषयमा चाँडै सहमति जुटने विश्वास व्यक्त गरे ।

‘बजेट अधिवेशनबाट नामको बिषयमा सहमति जुटाउने प्रयास सफल हुन सकेन,’ सभामुख भण्डारीले भन, ‘नाममा सहमति जुटाउन अधिकत्तम प्रयास जारी छ, त्यसका लागि आवश्य छलफल र गृहकार्य भइरेहको छ ।’

सभामुख भण्डारीले नामको बिषयमा सहमति जुटाउन प्रयास भईरहेपनि नाममा सहमति खोज्नेबारेमा जटिलता भने थपिएको बताए । उनले स्थायी राजधानी तोक्ने कुरामा जुटेको सहमतिलाई निरन्तरता दिन अधिकत्तम नामको बिषयमापनि सहमति जुटाउने प्रयास हुने बताए ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर