Aamsanchar

बैङकिङ प्रणाली मार्फत भत्ता दिँदा जेष्ठ नागरिकलाई सास्ती

Author Image
शुक्रवार, असोज १७, २०७६


बैङकिङ प्रणाली मार्फत सामजिक सुरक्षा भत्ता दिन राज्यलाई त सहज होला तर सेवा लिन आउने जेष्ठ नागरिकहरुलाई भने सास्ती भएको छ । पालिकाको केन्द्र तथा सदरमुकाम सम्म आएर सामाजिक सुरक्षा भत्ता लिन आउँदा सास्ती खेप्नु परेको जेष्ठ नागरिकको गुनासो छ । एक त दशैँमा भिडभाड हुने बेंक त्यसमाथि सबै सामाजिक सुरक्षा भत्ता बेंक मार्फत दिनुपर्दा बेंकका कर्मचारीहरुलाई समेत काम गर्न धौधौ परेको छ ।
दिनभरी लगाएर आउनुपर्ने,त्यो पनि कहिल्यै के मिलेन् कहिल्यै के भएन् भनेर बेंकले अलमलाईदिने गरेको पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ का नर बहादुर योङहाङले बताउनुभयो । आउँदा जाँदा को भाडा,खाना,खाजा खर्च, सहयोगी लाई खर्च दिँदा सामाजिक सुरक्षा भत्ता कति पनि नबच्ने गरेको गुनासो उनीहरुले गरेका छन् । यता कर्मचारीहरु भने सरकारले अनिवार्य बेङकिङ प्रणाली बाट सामाजिक सुरक्षा भत्ता दिनुपर्ने निर्देशन जारी गरेपछि आफूहरुले बेंकबाटै दिने गरेको बताउँछन् ।

विगतमा आफन्तबाटै र कर्मचारी बाटै सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने क्रम वढेको हुँदा बेंकबाटै सामाजिक सुरक्षा भत्ता दिने गरिएको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविनहाङ योङहाङले बताउनुभयो । अहिले पाँचथरको प्राय सवै गाउँपालिकामा बेंक पुगेको र उक्त बेंक पालिकाको केन्द्रमा रहेको हुँदा भौगौलिक विकटाता कारण जेष्ठ नागरिकलाई बेंक सम्म आएर सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको छ ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर