Aamsanchar

ताप्लेजुङको जस्तै पाउँ पाथिभरामा देवीको मुर्ती स्थपना

Author Image
शनिवार, असोज १८, २०७६

झापाको चारआली स्थित पाउँ पाथीभरा मन्दिरमा दुर्गाभवानीको प्रतिमा प्रतिस्थापन गर्दै वीएण्डसी टिचिङ असिप्टल बिर्तामोडमा कार्यकरी निर्देशक दुर्गा प्रसाई ।

दुर्गा माताको प्रतिमा सहित शोभा यात्रा गर्दै लगिएको थियो । शोभा यात्रालाई चारआलीस्थित श्री नयाँ श्रीनाथ गण चारआलीको नेपाली सेनाले बुट्टाबारीस्थित काली मन्दिरबाट फूलपातीसंगै दुर्गाको प्रतिमा लिएर गएको थियो ।

शोभायात्रामा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, प्रहरी उपरीक्षक दिनेशराज मैनाली, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकाल, चारआली स्थित नेपाली सेनाका प्रमुख लगायत विशिष्ट ब्यक्तिहरुको सशभागिता रहेको थियो ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर