Aamsanchar

लाखौंको अबैध कपडासहित नामुद तस्कर पक्राउ

Author Image
सोमवार, असोज २०, २०७६

रौतहट । चाडबाडको वेला तेसैपनी चोरी तस्करी बढने गरेको छ रोटहटमा भएको दुुईवटा मोटरसाइकलमा लाखौंको अबैध भारतीय कपडासहित दुईजना नामुद तस्कर प्रहरीको फन्दामा पर्नुले पनि पुष्टी हुन्छ । चाड पर्वको अवसरमा प्रहरी बिषेश सुरक्षामा खटिरहेको मौकाछोपी भन्सार छलेर भारतबाट अबैध रुपमा ल्याइएको कपडा रौतहटमा भित्रयाउने क्रममा उनीहरु पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय राजपुरका सई दिपक गुप्ता नेतृत्वको टोलीले राजपुर ५ नहरको बाटोबाट बौधीमाई नपा ५ कोपवाका ३५ वर्षीय नामुद तस्कर मोतिम हास्मी र सोही ठाँउका २४ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बिआर ० ५ ,५२६२ र ना ६४ प ५१९४ नम्बरको दुईवटा मोटरसाइकल तथा भारतबाट अबैधरुपमा भित्रयाएको दुई लाख मुल्य बराबरको भारतीय कपडा बरामद भएको सई गुप्ताले बताए ।

लामो समयदेखि नामुद तस्कर हास्मी प्रहरीको आँखामा छारो हालेर विभिन्न भारतीय सामानको तस्करी गर्दै आएका थिए ।

हास्मीले केही प्रहरीलाई आर्थिक प्रभावमा पारेर विगतमा नरकटिया र बंकुल नाका हुँदै भारतीय कपडा, सुर्ति, कस्मेटिक्स ,कुखराका चल्ला तथा अबैध हात हतियार समेत रौतहट भित्रयाउदै आएका थिए ।

बरामद कपडा र मोटरसाइकल सहित दुबैजना तस्करलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरका सई गुप्ताले जानकारी दिए ।

Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर