Aamsanchar

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ १० तरिका प्रयोग

Author Image
बुधवार, असोज २२, २०७६

चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड दशैं, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करी निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो ।

निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले चाडबाडका बेला सर्वसाधारणको ध्यान रमाइलो गर्नेतर्फ जाने हुँदा यस्तो समयमा वन्यजन्तुमाथि हुनसक्ने खतरा रोक्न सुरक्षामा कडाइ गरिएको बताए ।

उनले भने वन्यजन्तु संरक्षणमा हुन सक्ने सम्भावित गतिविधिलाई न्यून गर्न बटुकदल गण र निकुञ्जको पहलमा निकुञ्जको क्षेत्रमा विशेष किसिमको अपरेशन सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

निकुञ्जमा सेनाले उच्चस्तरीय प्रविधि सिसीक्यामरा, क्यामरा ट्र्यापिङ, ड्रोन क्यामरा, हात्ती, पैदल, साइकल, मोटरसाइकल, डुङ्गा र रात्रिकालीन एम्बुसको सङ्ख्या वृद्धि गरेको छ ।

यस्तै निकुञ्जको अति संवेदनशील क्षेत्रमा तालीम प्राप्त कुकुरका साथै हात्तीको प्रयोग गरी विभिन्न स्थानमा ‘सर्च, स्वीप’को कार्यमा जोड दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर