
फायल तस्वीर

काठमाडौं । माग पूरा नभए कात्तिक १३ गतेबाट डा। गोविन्द केसीले अनशन बस्ने भएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले माग पूरा नभए देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्ने बताएका हुन । उनले माग पुरा गर्न कात्तिक ८ गतेसम्म अल्टिमेटम दिएका छन् । उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए ।

केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।
Views: 190

