Aamsanchar

खोला तर्ने क्रममा दुई जना डुबे

Author Image
मङ्गलवार, असोज २८, २०७६

गुल्मी, 

खोला तर्ने क्रममा आज डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् ।

मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन् ।

खोला तर्ने क्रममा डुबेका सात वर्षीय किसान विकको माछा मार्न गएका स्थानीयवासीले तत्काल उद्धार गरेका थिए ।

बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर