Aamsanchar

लोक सेवा आयोगको विधेयक प्रमाणीकरण

Author Image
बुधवार, असोज २९, २०७६

हेटौँडा, 

प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नु भएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिफारिस भई आएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङ बताउनुभयो ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर