चारपाने, असोज ३० । अर्जुनधारा कृषि सहकारी संस्था फुलबारीको १२ बार्षिक साधारण तथा अधिवेशनबाट अध्यक्षमा पुन तारा बराल चयन भएका छन ।
त्यसैगरी अध्यक्ष बराल सहित लगभग पुरानो सिंगो समिति पदाधिकारी पुन चयन भएका छन । उपाध्यक्ष मुखमेल धिमाल, सचिव राम कार्की, कोषाध्यक्ष मिना भण्डारी त्यसैगरी सदस्यमा विनोद बस्नेत, दुलाल राजवंशी, रवी राजवंशी, कमला प्रसाई, सीता बराल चयन भएका हुन । लेखा समितिमा संयोजकमा भिम बरुवाल, सदस्य कविता कार्की र शान्ता कार्की चयन भएका छन ।
अर्जुनधारा कृषि सहकारीका अध्यक्ष तारा बरालको अध्यक्षता र अर्जुनधारा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आथित्यतामा आयोजित साधरण सभामा तिन जना उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पल्लवी राजवंशी, चन्द्रप्रसाद पराजुली र मनिषा राई रहेका छन । सोही अवसरमा एक जना बर्ष उत्कृष्ट कर्मचरीलाई पनि सम्मान गरिएको छ । सम्मनित हुने कर्मचारीमा बजार प्रतिनिधी आरती बस्नेत भारती रहेकी छिन ।
८० जना स्थानिय कृषकहरु शेयर सदस्य रहेको सहकारीले कृषि सम्बन्धी काम र योजनाहरु ल्याउन प्रमुख अतिथि भारतीले सुझाव दिएका थिए । वडामा धेरै कृषि सहकारीहरुले उदेश्य अनुसारको काम नगरेको केवल ऋण बचतको काममा मात्र सिमित रहदा संस्था र कृषकको उन्नती हुन सकेको छैन अव कृषि सम्बन्धी योजनाहरु वडा र नगरमा ल्याए आफुले सहयोग गर्ने भारतीले बताए ।
संस्थाले आफ्नो प्रतिवेदमा आर्थिक बर्ष २०७५/०७६को वित्तिय कारोबार विबरण पनि साधारण सभामा पेश गरेको थियो । जसमा पुजी तथा दायित्व तर्फ पैतालिस लाख सोह्रहजार दुईसय अठ्त्तर रुपैया रहेको छ । गतबर्षको बिवरणमा अड्तिस लाख असीहजार ५४ रुपैया उल्लेख गरिएको छ । साधारण सभामा स्वागत उपाध्यक्ष मुखमेल धिमालले गरेका थिए भने संचालन सचिव राम कार्कीले गरेका थिए ।