बिर्तामोडको नाम दिएर देशको समस्यालाई प्रतिनिधित्व गर्ने लागुऔषध बिरुद्धको सचेतना मुलक नेपाली छोटो चलचित्र मिशन बिर्तामोड शनिबार देखि अतिथि सदनमा विशेष प्रर्दशन हुने भएको छ । बिर्ता मिडिया एण्ड ईन्टरटेडमेण्टको प्रस्तुती रहेको उत्त चलचित्रको निर्देशन राज सुब्बा लावतीले गरेका छन ।
मोफसलमा रहेर लामो समयदेखि चलचित्रको क्षेत्रमा काम गरिरहेका प्राविधिकको टिमले चलचित्रको लागि कलाकार भने सबै नयाँ रहेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ । गाउँबाट सहर अध्ययनका लागि भनेर आएका विद्यार्थीहरुमा माधक पदार्थ लागुऔषध प्रयोगकर्ता धेरै पाईएको तथ्याङकलाई आधार मानेर चलचित्र निमार्ण गरिएको छ यस चलचित्र बालबालिका र अभिभावकका लागि सतरकता बन्न संगै दुर्वेशनी बाट जोगिने र फसेकालाई बाहिर ल्याउन मद्धत गर्ने निर्माता राजन थापाले बताएका छन ।
टेलर यस्तो छ ।
https://youtu.be/pHMTlZrGWl8