


काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो । ‘शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर सबैतिरबाट सुझाव आयो,’ विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले भने, ‘अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिनेछ ।’

उनका अनुसार ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिनेछ । तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।



यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 203