Aamsanchar

खुकुरी हानेको आरोपमा बाउ पक्राउ

Author Image
आइतवार, कार्तिक ३, २०७६

३ कात्तिक, काठमाडौं । आफ्नै छोरालाई खुकुरी हानेर घाइते बनाएको अभियोगमा प्रहरीले खोटाङ जन्तेढुगा गाउँपालिका २ डुम्रीबोटका जमान सिंह राईलाई पक्राउ गरेको छ ।

घरायसी विवादमा जमान सिहले खुकुरीले हान्दा ४० वर्षका छोरा गणेश राई घाइते भएका छन् । प्रहरी चौकी देवीस्थानले बाबुलाई पक्राउ गरी घाइतेलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जानकारी दिएको छ ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर