Aamsanchar

नेपालमा चीनको प्रभाव बढ्यो : वेल्स

Author Image
बुधवार, कार्तिक ६, २०७६

काठमाडौं । उत्तरी छिमेकी देशका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणबाट फर्किए लगत्तै अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ ।

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले बुधबार त्यहाँको एक संसदीय उपसमितिमा दिएको लिखित वक्तव्यमा नेपालमा चीनको प्रभाव बढेकै कारण तिब्बती समुदायमाथि रोकावट भइरहेको बताएकी छन् ।

एलिसले अमेरिकी संसदको विदेश मामिला सम्बन्धी एक उपसमितिमा भनेकी छन्, ‘नेपाल सरकारले तिब्बती बुद्धमार्गीहरुका गतिविधिमाथिको रोक बढाएको छ । दलाई लामाको जन्मदिन मनाउन समेत बन्देश लगाएको छ ।’

यसअघि अमेरिकी विदेश सहायकमन्त्रीले नेपालमा चीनको गतिबिधि र प्रभाव बढेको टिप्पणी गरेका थिए । त्यस लगत्तै नेपालका लागि चिनियाँ राजदूतले अमेरिकी टिप्पणीको कडा शब्दमा निन्दा गर्दै नेपालचीन सम्बन्धमा कुनै टिप्पणी नगर्न चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर