Aamsanchar

चर्चित र्‍यापर भिटेन पक्राउ परे

Author Image
बिहिवार, कार्तिक ७, २०७६


काठमाडौं । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

को हुन् भिटेन ?

उनको वास्तविक नाम समीर घिसिङ हुन् । ‘गरिबी ‘ गीनबाट र्‍याप यात्रा थालेका उनी ‘सिमसिमे पानी ‘’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर