
सिक्किममा मुख्यमन्त्री पीएस गोलेले दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा विजयी भएका छन्। उपनिर्वाचनमा विजय भएसँगै गोली अब सिक्किमका निर्वाचित मुख्यमन्त्री बनेका छन्। कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको पोकलोक कामराङको उपचुनावमा गोलेले पवन चामलिङ नेतृत्वको एसडीएफ पार्टीका उम्मेदवार मोजेस राईलाई ८ हजार ७ सय २७ मतले पछि पार्दै निर्वाचित भएका हुन्। गोलेले १० हजार ५ सय ८५ मत प्राप्त गरे भने राईले जम्मा १ हजार ८ सय ५८ मत पाएका थिए।

यो जीतसँगै एसकेएम समर्थकहरू खुसियाली मनाउन थालेका छन्। उनीहरूले नाम्चीमा विजयी उत्सव मनाउन सुरु गरिसकेका छन्। उपनिर्वाचनमा विजयी गोले सिक्किमको सत्तारूढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा ९एसकेएम०का अध्यक्षसमेत हुन्। उनकै नेतृत्वमा एसकेएमले यस वर्षको अप्रिल महिनामा भएको सिक्किम विधानसभाको चुनाउमा परिणाम उल्ट्याउँदै पवन चामलिङको २५ वर्षे शासनलाई सिक्किमको सत्ताबाट हटाएको थियो। भ्रष्टाचार मुद्दामा एकवर्ष जेल सजाय भोगेका पीएस गोलेले जनप्रतिनिधि ऐन ९पिपल्स रिप्रेजेन्टेटिभ एक्ट०अनुसार चुनाउ लडन पाएका थिएनन्। यद्यपि एसकेएमले जितेपछि संवैधानिक प्रावधानअन्तर्गत उनी राज्यका मनोनित मुख्यमन्त्री बनेका थिए।

उपचुनाउको ठीकअघि भारतको निर्वाचन आयोगले चुनाउ लड्नका लागि गोलेमाथि लागेको प्रतिबन्धलाई घटाएर १३ महिना बनाएपछि चुनावमा उम्मेदवार बन्ने बाटो खुला भएको थियो। स्मरणरहोस्, पछिल्लो वर्षको १० अगस्तका दिन जेलमुक्त बनेका गोलेको यो १३ महिने प्रतिबन्ध पछिल्लो महिना नै समाप्त भएको थियो। अर्कोतिर मार्ताम–रूम्तेक निर्वाचन क्षेत्रमा भाजपा उम्मेदवार सोनाम भेन्चुङ्पा विजयी भनेका छन्। गान्तोक निर्वाचन क्षेत्रको मतगणना भने छ।स्मरणरहोस्, राज्यका तीनवटा सीटमा २१ अक्टोबरको दिन मतदान भएको थियो।

