Aamsanchar

कात्तिक १२ र १३ गते भाईटिका १ दिन विदा थप

Author Image
बिहिवार, कार्तिक ७, २०७६

काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर