बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक भएको खुलेको छ । बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् । यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको छैन । शवको पहिचान आफूहरूको प्रारम्भिक कार्य भएको त्यहाँ कार्यरत प्रहरीको भनाइ छ । घटनाबारे चिनियाँ र बेलायती दुवै पक्षको प्रतिक्रिया आउन बाँकी छ । बुधबार पूर्वी लन्डनको ग्रेजमा ट्रकको पछाडि ३९ शव भेटिएको थियो । शव भेटिएको १ दिनपछि ती चिनियाँ नागरिक भएको खुलेको हो ।
मृतकमध्ये ३८ बयस्क र १ जना किशोर रहेको अधिकारीहरूले जनाएका छन् । यी चिनियाँ नागरिक बेल्जियमबाट डुंगामा आएको बताइएको छ । शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाइ छ । यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 198