
व्यापारीहरुले दिपावली र छठ पर्वलाई लक्षित गरी भारतीय बजारबाट ल्याउँदै गरेको ठुलो परिमाणको प्रतिवन्धित विस्फोटक जन्य पदार्थ पटाका सप्तरीले नियन्त्रणमा लिएको छ । स्वर्णपट्टी कोदरकट्टी, हनुमाननगर, गोविन्दपुर र तिलाठी नाकाबाट नेपालतर्फ भित्रियाउने क्रममा नियन्त्रणमा लिइएको १० बोरा विस्फोटक जन्यपदार्थ पटाका आज ९शुक्रवार० नष्ट गरेको छ । सो पटाकाको मुल्य साढे तीन लाख रुपैयाँ रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर सञ्चारकर्मीहरुको रोहवरमा नियन्त्रणमा लिएको सो विस्फोटक जन्यपदार्थ पटाका नष्ट गरेको हो । सप्तरीले प्रहरीले कार्यान्वयन गरेको विशेष सुरक्षा योजना तहत बोदे बरसाईन, राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिकाको विभिन्न स्थानबाट सो विस्फोटक जन्य पदार्थ पटाका बरामद गरी नष्ट गरिएको जनाएको छ ।

