Aamsanchar

कुकुरको टोकाईका कारण उपचार गर्न जादाँ, थाहाँ भयो बालिकाको पेटमा ५ महिनाको गर्भ

Author Image
शुक्रवार, कार्तिक ८, २०७६

अछाम — अछामको रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिेको छ । कुकुरले टोकेपछि उपचारका लागि अस्पतालमा ल्याइएकी उनको चेकजाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका थिए ।

कुकुरले छोरीलाई टोकेको थियो । सुई लगाउनको लागि अस्पताल ल्याएको थिएँ,ु बालिकाका बुवाले भने,ुछोरीको पेट किन सुनियो डाक्टर साँब हेरिदिनुस् भने । डाक्टरले चेकजाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसे जस्तो भएँ ।

सुस्तमनस्थिति ती बालिकाको गर्भ कसरी रह्यो भन्नेमा प्रहरीले खोजी सुरु गरेको छ । उनलाई बलात्कार गरिएको हुनसक्ने डीएसपी जनक शाहीले बताए । गम्भीर प्रकृतिको घटना हो । उनले सुरुमा नाम लिएका एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ, उनले भने,अहिले अरु ४र५ जना केटाहरुको नाम पनि लिएकी छन् । उनीहरुलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं ।

ती बालिकाकी आमा पनि सुस्तमनस्थिति रहेको र बुवालाई यो घटनाबारे जानकारी नभएको प्रहरीले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले अस्पतालले प्रहरीलाई खबर गरेको जानकारी जिल्ला अस्पताल अछामकी एक नर्सले दिइन् । यो केस नै फरक भएकाले प्रहरीसँगको परामर्शमा रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनिच्छित गर्भ १२ हप्ता ननाघेको गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ ।

लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ। अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ। तर यी बालिकाको हकमा अहिल्यै नै के गर्न सकिन्छ भन्ने बारे सल्लाह भइरहेको सरोकारवाला बताउँछन् ।

Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर