Aamsanchar

राप्रपाको कार्यक्रममा नेकपा र काँग्रेस नेताको बिचार उस्तै

Author Image
शनिवार, कार्तिक ९, २०७६

चारपाने, कार्तिक ९ । नेपालीहरुको दोस्रो महान ठुलो चाड तिहारको पहिलो दिन राष्ट्रिय प्रजातन्त्र पाटी झापाले बिर्तामोडमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका मौलिक चाडपर्वले अन्तर मन र राजनिती विचार देशको हितको निमित्त सकारात्मक बनाउने भाईचारा र एकताको मालामा जोडने काम गर्ने भएको हुँदा यस्ता कार्यक्रमहरु सबै पाटीले आयोजना गर्नु पर्नेमा कार्यक्रमका वक्ताहरुले शुभकामना मन्तव्यको क्रममा आफ्नो धारणा राखेका छन ।

कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रिय महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेन, नेपाली काँग्रेसका नेता संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, नेकपा झापाका सचिवालय सदस्य अरुण श्रेष्ठ, समाजसेवी हर्कलाला गिरीले उक्त कुरामा जोड दिएका हुन ।

राप्रपा झापाका कार्यवहाक अध्यक्ष कमल खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा, नेकपा, नेपाली काँग्रेस लगायतका पाटीका नेता, कार्यकर्ता र जिल्लामा राप्रपाबाट निर्वाचित जनप्रतिनिधी, स्थानिय जनप्रतिनिधी र सर्वसाधारण गरेर पाचँ सय भन्दा बढीको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव केशवप्रसाद ओझाले गरेका थिए ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर