Aamsanchar

तिहारमा रमाउँदै अमेरिकी राजदूत बेरी

Author Image
आइतवार, कार्तिक १०, २०७६

नेपालीले मनाउने हरेक चाडवाडमा आफुलाई घुलमिल गराउँदै आएका नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले तिहारलाई उत्सवमय बनाएका छन्। उनले आइतवार लक्ष्मीपूजाका दिन आफ्नो निवासमा मण्डला बनाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनी प्रायस् नेपालीले मात्रै बनाउने दीप र फूलहरुको पर्व तिहार मनाउन उत्साहका साथ लागेका छन्। उनले काठमाडौंस्थित आफ्नो निवास फूलमाला सजाएर झकिझकाऊ मात्रै बनाएका छैनन् दीपहरुले पनि उज्यालो बनाएका छन्। राजदूत बेरीले आफ्नो निवास भित्रको कोठामा पालकमा बत्ती बालेर सबैलाई शुभकामना दिएका छन्।

अमेरिकी दूतावासले आफ्ना कर्मचारीले देउसी खेलिरहेको भिडियो यसअघि नै सार्वजनिक गरेको थियो । जहाँ अमेरिकन नागरिकले देउसी भट्याइरहेको हेर्न सकिन्छ। राजदूत बेरीले आफुले लक्ष्मीपूजाका लागि घरमा मण्डला बनाएको पनि बताएका छन्। म मेरो टिमसहित मण्डला बनाउन जुटेको छ। हाम्रो घर अहिले झिलिमिली बत्तीले उज्यालो र रंगीन भएको छु, उनले ट्विटरमा भनेका छन्, तपाईंहरु सबैले यो वर्षभरमा शुभेच्छा र आशीर्वाद पाउनुहुनेछ। दीपावलीको अवसरमा सबै नेपालीलाई शुभकामना !

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर