Aamsanchar

विविध कार्यक्रमका साथ देवकोटा जयन्ती सम्पन्न

Author Image
सोमवार, कार्तिक ११, २०७६

काँकरभिट्टा । संघीय सांसद् राम कार्कीले महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यका शिखर र मानकसँगै चूनौती समेत भएको बताउनुभएको छ । महाकवि देवकोटा पछिका श्रष्टाहरुले देवकोटालाई उछिन्न नसक्नु आम साहित्यीक श्रष्टा र साहित्यकालागि दुर्भाग्य रहेको सांसद् कार्कीको टिप्पणी थियो ।

आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्तीका अवसरमा काँकरभिट्टामा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्कीले समाजलाई साँस्कृति र बौद्घिकरुपमा सम्पन्न गर्न महाकवि देवकोटाको योगदान कसैले भुल्न नहुने बताउँदै उहाँ विलक्षण प्रतिभाका धनी भएका कारण कुनै लोभ लालच अर्काको इष्र्या गर्ने बानी नभएको बताउनुभयो । लोप र स्वार्थ बोक्ने मानिस कहिल्यै पनि महाकवि बन्न नसक्ने उहाँले तर्क राख्नुभयो । हरेक मानिस तीन कुराले धनी हुने भन्दैं सांसद् कार्कीले महाकवि देवकोटा बौद्घिक सम्पदाको धनी भएको धारणा राख्नुभयो ।

नेपाली अंग्रेजी भाषाको प्रयोगमा महाकवि देवकोटाको गहिरो देन भएका कारण देवकोटा अहिलेसम्म नेपाली, अंग्रेजी तथा संस्कृति भाषाको कमाण्डर रहेको सांसद् कार्कीको तर्क थियो । काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समितिको व्यवस्थापनमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मुल आयोजक समितिले सम्पन्न गरेको कायृक्रममा बोल्दैं सांसद् कार्कीले देवकोटा पार्कको विकास र प्रवद्र्घनममा लाग्न स्थानीय सरकार नगरका विभिन्न संघ संस्थालाई आग्रह गर्नुभयो । उहाँले यसपार्कको विकासकालागि आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने धारण व्यक्त गर्नुभयो ।

सोहि अवसरमा विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सुर्याेदय टेलिभिजनका कार्यक्रम प्रस्तोता लक्ष्मी उप्रेतीसहित चारजनालाई सम्मान गरिएको थियो । पत्रकारिताको माध्यमबाट नगरका हरेक गतिविधिलाई प्रत्येक नागरिक समक्ष पुर्याउँदै आएको योगदान र नगरका धािर्मक एवम् पर्यटकीय स्थलको विकास र प्रवद्र्घनमा पत्रकार उप्रेतीले खेलेको भूमिका तथा पत्रकारिताको माध्यमबाट नगरको श्रीवृद्घिमा पुर्याएको योगदानको उच्च मूल्याङ्कनसहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ ओँ जन्मजयन्तीको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको हो । उहाँसहित मुर्तिकार विक्रम श्री मेचीनगर नगरपालिकाका सव इञ्जिनियर कमल शर्मा, टेण्ड व्यवसायी यादवराज पौडेल र पार्कका माली बुद्घिराज लिम्बुलाई प्रमुख अतिथि सांसद् कार्कीले दोसल्लासहित सम्मान पत्र प्रदान गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष बालकृष्ण थापाको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुभद्रा भट्टराइ वरिष्ठ साहित्यकार चुडामणि रेग्मी, साहित्यकार लतिका जोशी, सहकारीकर्मी दुर्गाप्रसाद सापकोटा, क्याप्टन गोपीलाल लिम्बु धनप्रसाद गुरुङलगायतले बोल्नुभएको थियो ।

कथाकार पुण्यप्रसाद खरेलले महाकवि देवकोटाको व्यक्तित्व र कृतिका बारेमा चर्चा गर्नुभएको थियो भने मुर्छना व्याण्डले गीत मार्फत तथा डिल्लीराम घिमिरेले शब्दका माध्यमबाट स्वागत गर्नुभएको थियो । इलााक प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द कार्कीलगायतले आ आफ्ना पाठ रचना गरेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव निरबहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रम शुरुहुन अघि विभिन्न बाजागाजासहित नगरको मुख्य भागको परिक्रमासहित काँकरभिट्टाको सिरिजंगा पार्कमा रहेको सिरिजंगा र बलिहाङको शालिकमा माल्यर्पण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर