Aamsanchar

एप्पलको पहिलो कम्प्युटरको दाम झण्डै २० करोड

Author Image
बुधवार, कार्तिक १३, २०७६

एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले निर्माण गरेको एउटा दुर्लभ कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ । नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा इ कमर्श साइट इ बेमा बिक्रीका लागि राखिएको हो ।

स्टिम जब्स र स्टिभ बोज्नियाकले निर्माण गरेका एप्पल वान कम्प्युटर एप्पलको सुरुवाती कम्प्युटर हो । विश्वमा अहिले यस्ता कम्प्युटर केवल ६ गोटा मात्रै अस्तित्वमा छन् । साढे १७ लाख डलरमा बिक्रीमा राखिएको यो कम्प्युटरको विवरणमा उल्लेख गरिए अनुसार यो कम्प्युटर जोसँग छ उनी यसका दोश्रो मालिक हुन् । उनीसँग सन् १९७८ देखि यो कम्प्युटर रहेको बताइएको छ । यो कम्प्युटर धेरै हदसम्म चालु अवस्थामा छ ।

स्मरण रहोस् यो नै एप्पलको पहिलो कम्प्युटर होइन जुन करोडौँ रुपैयाँमा बिक्री हुँदैछ । यसअघि सन् २०१६ मा पनि एप्पल वानको प्रिप्रोडक्सन मोडेलको कम्प्युटर बिक्रीमा राखिएको थियो । सो कम्प्युटर ८ लाख १५ हजार डलरमा बिकेको थियो ।

एप्पल वान कम्प्युटरमा एउटा मोनिटर र एउटा काठको खोल रहेको छ । बिक्रीमा राखिएको यो कम्प्युटरमा ओरिजिनल ओनल म्यानुअलको डिजिटल कपी, बेसिक म्यानुअल, स्किम्याटिक्स, क्यासेट इन्टरफेस तथा गाइड्ससँगै बेसिक गेम्स, भाषा, लो एण्ड हाइ मेमोरी टेष्ट, ३० औँ वर्षगाँठ भिडियोसँगै अन्य सामाग्री पनि रहेका छन् ।

यो कम्प्युटरको यति चर्को मूल्य किन पर्यो भन्ने बारेमा यसका मालिक भन्छन्, ‘यो आफैमा दुर्लभ छ किनकी अहिले यो जस्ता केवल ६ वटा कम्प्युटर मात्र अस्तित्वमा छन् । यसमा ओरिजिनल द्यथतभ क्जयउ प्इब् वुडन केस ९काठको खोल० रहेको छ । यस्तो काठे खोल अहिले केवल संग्राहलय तिर मात्र देख्न पाइन्छ ।

विश्वमा अस्तित्वमा रहेका ६ वटा एप्पल वान कम्प्युटर मध्ये यो सबैभन्दा धेरै कन्डिसनमा छ । काठको खोलले यसलाई वर्षौँदेखि धूलो तथा खियाबाट बचाउँदै आएको छ ।’ काठको खोलका कारण पनि यो कम्प्युटरको मूल्य निकै महंगो भएको उनको भनाइ छ ।

एप्पलको एप्पल वान कम्प्युटर सन् १९७६ को अप्रिल ११ मा लञ्च भएको थियो । एप्पल वानको मेमोरी ४ किलोबाइट थियो । जसलाई कार्डको सहयोगमा ८ केबी वा ४८ केबीसम्म बढाउन सकिन्थ्यो । यसमा MOS 6501 सिपियूको प्रयोग गरिएको थियो जुन १ मेगाहर्जमा क्लक्ड थियो ।

१० जून १९७७ मा एप्पल टू आएसँगै ३० सेप्टेम्बरबाट एप्पल वानको उत्पादन बन्द गरिएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर