Aamsanchar

प्रतिबन्धपछि कप्तान मेस्सी अर्जेन्टिनी टिममा फर्किए

Author Image
शुक्रवार, कार्तिक १५, २०७६

१५ कात्तिक, काठमाडौं । तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् । अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् ।

गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३(१ गोलको जित हात पारेको थियो । तर कप्तान मेस्सीले भने त्यसमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।

त्यसपछि मेस्सीलाई कोपा अमेरिकाले तीन महिनाका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए । प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ । त्यस्तै, दोस्रो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्दैछ ।

अर्जेन्टिना टिम

गोलकिपर : अगुस्टिन मार्चेसिन, योहान मुसो, इमिलिनो मार्टिनेज, इस्टेबन अन्ड्राड

डिफेन्डर : योहान फयथ, रेनजो सरभिया, निकोलस वटामेन्दी, जेर्मन पेजिला, मार्कोस रोजो, वाल्टर कानेमान, निकोलस ट्याग्लाफिको, नेहुन परेज, गुइडो रोड्रिगुएज मिडफिल्डर स् जिओभानी लो सेल्सो, लेन्ड्रो परेडेस, निकोलस डोमिनगुएज, रोड्रिगो डे पाउल, मार्कोस एकुना, रोबेर्टो परेयरा, लुकास वकाम्पस

फरवार्ड : लियोनल मेस्सी (कप्तान), सर्जियो अगुएरो, निकोलस गोन्जालेज, लुकास अलरियो, लुउटारो मार्टिनेज र पाउल डिबला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर