Aamsanchar

आज बिरिङ खोलामा हजारौं पुग्ने दिन

Author Image
शनिवार, कार्तिक १६, २०७६

पूजा स्थल (घाट)

बिर्तामोड ।  छठ समाज सेवा समिति विर्तामोडले विगतका बर्ष झै यसबर्ष पनि छठ पूजा कनकाई–८ विरिङ खोलामा मनाउने भएको छ ।
बिगत छ बर्षदेखि विरिङ खोलामा आयोजना हुदै आएको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको बिर्तामोड छठ समाज सेवा समितिका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिएका छन ।

बिरिङमा यस्तो हुन्छ छठपूजा ( फायल फोटो )

बिरिङपुल उत्तर खोलाको पूर्वी तटमा हुने छठ पूजा व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ।
छठ समाज सेवा समिति अन्तर्गत छठ पूजा सम्पन्न गर्नको लागि कार्यक्रम संयोजक सञ्जयकुमार शर्मालाई चयन गरिएको छ । त्यस्तै अर्थ व्यवस्थापन उपसमितिको संयोजकमा वरुण चौधरी , घाट व्यवस्थापन उपसमितिको संयोजकमा शंकर भगत , टेण्ट व्यवस्थापन उपसमितिको संयोजकमा रामेश्वर दिवेदी , मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा अशोक चौधरी , स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिको संयोजकमा उपेन्द्र प्रधान , बिजुली वत्ति व्यवस्थापन उपसमितिको संयोजकमा दिलिप दास , कुपन व्यवस्थापन उपसमितिको संयोजकमा विक्की चौधरी , प्रसाद व्यवस्थापन उपसमितिको संयोजकमा देवेन्द्रकुमार सिंह , सामाजिक संघ संस्था समन्वय उपसमितिको संयोजकमा भगीरथ पोद्धार , यूवा स्वयम्सेवक व्यवस्थापन उपसमितिको संयोजकमा दिपक साह , प्रचारप्रसार उपसमितिको संयोजकमा दिपक साफी , भजन–कीर्तन व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण श्राफ रहेका छन् ।

बिरिङमा यस्तो हुन्छ छठपूजा ( फायल फोटो )

छठ पूजाका लागि विरीङ नदी किनारमा चार सय भन्दावढी घाट तयार गरिएको छ, झापामै भव्य पूजा समारोह हुने ठाउँ मध्येको एक स्थान बिरिङ खोला हो, यस स्थलमा बिर्तामोड , चारपाने , लक्ष्मीपूर , दुर्गापूरका गरि हजारौं मानिसको उपस्थिती हुने गर्छ विगतको बर्षलाई हेर्दा । भक्तजनको भिडलाई मध्येनजर गर्दै विरीङ नदी किनारमा पूजास्थल (घाट) बिजुलीबत्ती जडान, टेण्ट व्यवस्थापन, ठाउँ ठाउँमा स्वागत गेट, हेल्पडेस्क, सरसफाई , खानेपानी व्यवस्थापन, सुरक्षा बिट, निर्माण गरिएको छ ।

बिरिङमा यस्तो हुन्छ छठपूजा ( फायल फोटो )

विरीङ नदी किनारमा हुने छठ पूजाको उद्घाटन प्रदेश १ का आन्तरीक तथा कानून मन्त्री हिक्मत कार्कीले गर्ने छठ समाज सेवा समिति विर्तामोडका महासचिव मनोज रौनियारले जानकारी दिए । आज शनिबार बेलुका अस्ताउँदो सूर्य र भोली १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै भव्यरूपमा छठपर्व मनाइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर