Aamsanchar

विरिङमा छठ पुजा जारी, भोली विहान विशेष कार्यक्रम गरेर समापन गरिने

Author Image
शनिवार, कार्तिक १६, २०७६

कार्यक्रमको उदघाटनमा सरिक बन्नुहुने क्रमस बिर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, प्रमुख अतिथि प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, प्रदेश सांसद एकराज कार्की, बिर्तामोड छठ सेवा समाजका अध्यक्ष घनश्याम चौधरी, बिर्तामोड नगर उपप्रमुख पवित्रा महतरा प्रसाई, कार्यक्रम संयोजक सञ्जयकुमार शर्मा ।

चारपाने, कात्तिक १६ ।  छठ पूजाको आज तेस्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिएर मनाईएको छ । देशका प्राय सबै जिल्लामा मनाईने छठपूजा झापाका विभिन्न ठाउँमा धुमधामले मनाई रहेको छ ।
बिर्तामोड छठ पूजा सेवा समितिको आयोजनामा यस बर्ष पनि बिरिङ नदिमा विभिन्न कार्यक्रम गरि पूजा आयोजना गरिएको छ । दिउसो २ बजे देखि औपचारिक कार्यक्रम सहित सुरु भएको पूजा समारोह आज रातभरी भजन किर्तन उपबास बसी मनाईने आयोजकले जनाएको छ ।

बिर्तामोड छठ पूजा समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता र उपाध्यक्ष सञ्जयकुमार शर्माको संयोजकत्वमा आयोजित छठ पुजा समारोहमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मानित व्यक्तीहरु क्रमस् झापाली अग्रज पत्रकार पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, संस्थाका पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, संस्थाका पूर्व उपाध्यक्ष घनश्याम पूर्वे ।

बिरिङपुल उत्तर खोलाको पूर्वी तटमा सयौंको संख्यामा पूजा स्थल बनाईएको छ, रात्री कालिन सुविधाको लागि बिजुली बत्तीको राम्रो व्यवस्था मिलाईएको छ भने शान्तिसुरक्षाको निमित्त नेपाल प्रहरी र ससस्त्र प्रहरी वलले पहरा दिएको छ ।

झापामै भव्य पूजा समारोह हुने ठाउँ मध्येको एक स्थान बिरिङ खोला हो, यस स्थलमा बिर्तामोड , चारपाने , लक्ष्मीपूर , दुर्गापूरका गरि हजारौं मानिसको उपस्थिती भएको थियो । भक्तजन र दर्शकको घुइचोको कारण मुख्य राजमार्गमा केही घण्टा सवारी आवगमन प्रतिकुल बनेको थियो । कार्यक्रममा तिन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेमा झापाली अग्रज पत्रकार पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, संस्थाका पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, संस्थाका पूर्व उपाध्यक्ष घनश्याम पूर्वेलाई सम्मान गरिएको थियो ।

छठको महत्व र सूर्य भगवानको महिमा संगै प्रदेश सासंद एकराज कार्की, संविधान सभा सदस्य सुधिरकुमार, शिवाकोटी, बिर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई, नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाई, जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  छठ सेवा समितिले अघी सारेको भवन निर्माणको बिषय सहित कार्यक्रमको औचित्यमाथी प्रकास अध्यक्ष चौधरीले पारेका थिए भने स्वागत संयोजक शर्माले गरेका थिए । कार्यक्रमको संचालन र समापन महासचिव मनोज रौनियारले गरेका थिए ।

आज अस्ताउदो सूर्यलाई अर्घ दिएर नदीमै जाग्रम बसेर भोली बिहान उदाउदो सूर्यलाई पूजा गरेर भजन र वैदिक पूजापाठ गरेर पूजा समापन गरिने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर