Aamsanchar

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा पठ्न पाठ्न ठप्प

Author Image
सोमवार, कार्तिक १८, २०७६


यहाँस्थित झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ बर्षदेखि कार्यरक्त प्राध्यापक संघका अध्यक्ष हरिप्रसाद तिम्सिनालाई विनाकारण क्याम्पसबाट निकालेको भन्दै विद्यार्थी र प्राध्यापकहरु आन्दोलित बनेका छन ।
क्याम्पस संचालक समितिले यसअघि प्राध्यापक संघका अध्यक्ष तिम्सिनालाई क्याम्पस संचालक समितिको बैठकमा नियमित ३ पटक अनुपस्थित भएको भन्दै निष्कासनको पत्र थमाएको थियो ।
क्याम्पसमा प्राध्यापक संघका अध्यक्ष स्वत क्याम्पस संचालक समितिको सदस्य रहने व्यावस्था छ । क्याम्पस संचालक समितिले विद्यार्थीबाट लिइएको शुल्कबाट यसैबर्ष २ बटा बिद्यार्थी ओसार्नका लागि बस खरिद तथा बिद्यार्थी स्ववियु भवन समेत निर्माण गरेपछि क्याम्पस आर्थिक रुपमा कमजोर भएको क्यापस संचालक समितिका एक सदस्यले बताउनुभयो ।
प्राध्यापक संघको अध्यक्ष भएको हुनाले दसैँअघि कम्तीमा प्राध्यापकहरुले तलव पाउनुपर्यो भनेर मैले क्यापस प्रमुख विकास उप्रेतीसग भनेको र ज्ञापनपत्र बुझाएको मात्रै के थिए मलाई क्याम्पसबाट हटाइएको पत्र पियनमार्फत दिइयो मैले पाउनुपर्ने बाकी ३ लाख रुपैँया पैसा समेत बैँकमा हालिएको रहेछ । मत सबैले पो तलव पाएकि भनेर बुझ्दा मेरैमात्रै तलव बैँकमा हालिएको रहेछ प्राध्यापक संघका अध्यक्ष हरिप्रसाद तिम्सिनाले भन्नुभयो । क्याम्पपसमा एक बर्षदेखि कर्मचारीले तलव नपाएको दसैमा प्रत्येक कर्मचारीलाई थोरै मात्रै दसैै खर्च बैँकमा हालिदिएको अर्का प्राध्यापक तीर्थराज खरेलले भन्नुभयो । यता क्याम्पस संचालक समितिका सदस्य लालबहादुर भुजेलले प्राध्यापक तिम्सिनाले व्यावस्थापन समितिलाई असहयोग गरेकाले उनलाई क्याम्पसबाट निकालिएको र क्याम्पस संचालक समितिले भनेको नमान्ने जोकोही प्राध्यापक र कर्मचारीले कार्वाहीको भागिदार हुने बताउनुभयो ।
जतिवेला क्याम्पसलाई आवश्यक पर्छ त्यसवेला मद्धत नगर्ने प्राध्यापक कर्मचारीको के काम भुजेलले भन्नुभयो । यता प्राध्यापक तिम्सिना भने प्राध्यापकले एक बर्षसम्म कुर्दा पनि तलव नपाएपछि दसैमा त कम्तीमा तलव पाउनुपर्यो भन्ने माग राखिएको बताउनुभयो । प्राध्यापकले पाउने तलव अन्यत्र खर्च गर्दा तलव नपाइकोले आफुहरुले तलव माग्नु जायज रहेको अर्का प्राध्यापक तुलसी कार्कीले बताउनुभयो । क्याम्पसमा प्राध्यापक र कर्मचारी गरि ५० जना रहेका छन ।
यता विना कारण क्याम्पस संचालक समितिले आफ्ना प्राध्यापकलाई निष्कासन गरेको भन्दै कनकाई बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पढनपाढन रोकेर क्याम्पस प्रमुख विकास उप्रेतीको पुत्ला दहन लगायातका विरोधका कार्यक्रमलाई जारी राखेका छन । यता प्राध्यापकहरु समेत आन्दोलित बन्दा पठ्न पाठ्न ठप्प छ ।

क्याम्पसमा करिव एक हजार विद्यार्थी अध्यानर्त रहेका छन । सोमवार आयोजित क्याम्पस प्रमुखको पुत्ला दहन कार्यक्रममा अनेरास्ववियु जिल्ला सहसचिव नविन राई , अखिल क्रान्तिकारीका जिल्ला नेता नविन सिटौला , क्याम्पस अध्यक्ष गंगा बस्नेत, अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष उत्सव बास्तोला , अनेरास्ववियु कनकाई क्याम्पस उपाध्यक्ष रविन गुप्ता, लिम्बुवान बिद्यार्थी मंचकी संञ्चमाया सुब्बा , बिद्यार्थी नेता अनुप भण्डारी लगायातले क्याम्पस संचालक समितिले राजनैतिक आस्थाकै आधारमा श्रमजिवि प्राध्यापकलाई हटाएर द्धन्द्ध श्रृजना गरेको बताउनुभयो ।
यस्तो छ प्राध्यापक संघको ज्ञापन पत्र

मितिः २०७६–०७–१४

श्रीमान् अध्यक्षज्यू,
क्याम्पस सञ्चालक समिति
मार्फत : क्याम्पस प्रमुख
श्री कनकाई बहुमुखी क्याम्पस, कनकाई नगरपालिका, सुरुङ्गा, झापा

विषय : ज्ञापन पत्र ।

२०४७ सालमा स्थापित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने, विगत २०७५ सालको चैत्रदेखिको तलबभत्ता भुक्तानि गर्नुपर्ने, तलबभत्ता त्रिवि ऐन तथा नियमावली एवम् क्याम्पस विधान तथा नियमावली अनुरुप उपलब्ध गराउनुपर्ने र क्याम्पसमा कार्यरत ज्यालादारी, करार, अस्थायी र स्थायी प्राध्यापक तथा कर्मचारीका सेवासुविधा र पदोन्नतिमा देखिएका समस्या हल गर्नुपर्ने लगायतका लिखित मागसहित क्याम्पस प्रमुख मार्फत पटक पटक ज्ञापनपत्र दिँदा यस क्याम्पसमा २०६१–०९–०२ देखि हालसम्म निरन्तर कार्यरत हाम्रा सहकर्मी मित्र, अंग्रेजी विभागका अध्यक्ष, प्राध्यापक संघ क्याम्पस एकाइ समितिका अध्यक्ष, विद्यार्थी भर्ना सहजीकरण समितिका संयोजक उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई बिना कारण अवैधानिक, प्रतिशोधपूर्ण र एउटा श्रमिकले काम गरेर जीविकोपार्जन गर्न पाउने अधिकारको विरुद्धमा पूर्वाग्रहपूर्ण ढंगले बिना स्पष्टीकरण प्राध्यापन पेशाबाट अवकाश दिने निर्णय गरिएको छ । उहाँलाई चाडबाडको लामो बिदा शुरु हुनै लाग्दा गत असोज १६ गते लगभग बेलुका ६ः१५ बजे क्याम्पसको सहयोगी कर्मचारीमार्फत आकस्मिक रुपमा अवकाशको पत्र थमाउन प्रयत्न भएको छ । षडयन्त्रपूर्ण यो कार्य मानवअधिकार विरुद्धमा छ र प्राज्ञिक स्वतन्त्रताको खिलाफमा छ । प्राध्यापक तथा कर्मचारीको समस्याहरुको अध्ययन गरी मागहरु उपर छलफल, बहस र संवादको माध्यमद्वारा हल गर्न तर्फ नलागी मागपत्र पेश गर्ने प्राध्यापक संघको अध्यक्षलाई नै सेवाबाट मुक्त गर्नु चरम अप्राज्ञिक कदम हो र यो एक शैक्षिक थलोमा नसुहाउने विवेकशून्य कार्य हो । के प्राध्यापकहरुले तलबभत्ता समयमा पाउनुपर्ने र वृत्तिविकास सम्बन्धी मागहरु राख्नै नपाउने हो रु यो कस्तो लोकतन्त्र हो रु क्याम्पस प्रमुखले प्राध्यापक तथा कर्मचारीको मागपत्र क्याम्पस सञ्चालक समितिको बैठकमा नराख्ने र क्याम्पस प्रमुखले समितिमा मागपत्र राखेकै छैन र हामीलाई थाहा छैन भनी क्याम्पस सञ्चालक समिति पन्छन मिल्छ रु यो प्राध्यापक र कर्मचारीको कमजोरी हो कि क्याम्पस प्रमुखको रु आन्दोलनकै अगुवा नेतृत्वकर्तालाई अवकाश दिने निर्णय बद्नियतपूर्ण छ । यसबाट क्याम्पसमा कार्यरत कुनै पनि कर्मचारी र प्राध्यापकको सेवाको ग्यारेण्टी नहुने, यो कार्य नजीरको रुपमा स्थापित हुने र भविष्यमा जोकोही पनि बिना कारण सेवाबाट बर्खास्त हुने त्रासदीपूर्ण वातावरणमा कालो छाँयाको मुनि गुलामी स्वीकारेर काम गर्नुपर्ने हुन्छ । विगत १५ वर्षदेखि निरन्तर कार्यरत प्राध्यापकको यो हालत हुन्छ भने कुन विश्वास र भरोसामा अरु प्राध्यापक तथा कर्मचारीले काम गर्न सक्छन र क्याम्पसको भविष्य सुन्दर हुन सक्छ रु दास मानसिकता बोकेर प्राध्यापकहरुले जाग्रत जनशक्ति उत्पादन गर्न सम्भव छ रु
यस अघि पनि पटकपटक क्याम्पस स्थापनकालदेखि कार्यरत प्राध्यापकहरु यो वा त्यो बहानामा सेवाबाट हटाउने क्रमको शुरुवात क्याम्पस प्रमुखको शिफारिसमा यही सञ्चालक समितिले गरेको तीतो इतिहास हामी सामु छ । अग्रजहरुलाई अवकाश दिएको बेला समितिको त्यस्ता कदमलाई नजरअन्दाज गर्नु र चुपचाप लाग्नु हामी सबै प्राध्यापक तथा कर्मचारीको कमजोरी भएको स्वीकार्दै आत्मालोचित हुन चाहन्छौं । स्थानीय कनकाई माध्यमिक विद्यालयका शिक्षक–कर्मचारीको पहलमा सोही विद्यालयमा बिहानी सत्रमा क्याम्पस स्थापना भएको सर्वविदित छ । आज क्याम्पसको स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्राध्यापकहरुलाई बौद्धिक वर्गको मानमर्दन हुने गरी जीवनभरि शिक्षाक्षेत्रमा काम गरी कमाएको प्रतिष्ठा गिराउने गरी अपराधीलाई जस्तो गरी हठात सेवाबाट हटाइनुभन्दा दुःखद् के हुन सक्छ रु विगतका यस्ता सबै निर्णयहरुको पुनरावलोकन हुन जरुरी छ । क्याम्पस सञ्चालक समितिका विगत र अहिलेका यस्ता निर्णय खेद्जनक, अदूरदर्शी र प्राज्ञिक वर्गलाई दास बनाउने मानसिकताबाट ग्रस्त छन् । हामी यस्ता अलोकतान्त्रिक निर्णयको घोर विरोध गर्दछौं । सो निर्णय फिर्ता लिन र प्राध्यापक तथा कर्मचारीले राखेका मागहरु पुरा गरी क्याम्पसमा मर्यादित, शान्तिपूर्ण र प्राज्ञिक वातावरण बहाली गर्न माग गर्दछौं । सो अवकाशको निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधस्वरुप कुनै पनि पठनपाठनको काममा सरिक नहुने ९पेन डाउन० कुराको जानकारी गराउँछौं । आम विद्यार्थी, अभिभावक, शिक्षासेवी, बुद्धिजीवी तथा पत्रकार मित्रहरुलाई अन्यायको विरुद्धमा आवाज बुलन्द गर्न तथा न्यायको पक्षमा दृढतापूर्वक उभिँदै क्याम्पसलाई एक प्राज्ञिक स्वतन्त्रतासहितको विधिसम्मत सञ्चालन हुने संस्थाको रुपमा विकास गर्न भूमिका खेल्न हार्दिक आव्हान गर्दछौं ।
बोधार्थ :
१. अध्यक्ष–क्याम्पस सभा, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा
२. कनकाई नगरपालिका, जामुनबारी, झापा, प्रदेश नं। १
३. पब्लिक क्याम्पस प्राध्यापक संघ, केन्द्रीय समिति, काठमाण्डौं
४. पब्लिक क्याम्पस संघ, जिल्ला कार्यसमिति झापा
५. पब्लिक क्याम्पस संघ, केन्द्रीय समिति, काठमाण्डौं
६. पब्लिक क्याम्पस प्राध्यापक संघ, प्रदेश कमिटी, प्रदेश नं। १
७. प्रजातान्त्रिक प्राध्यापक संघ केन्द्रीय समिति
८. प्रजातान्त्रिक प्राध्यापक संघ क्याम्पस एकाइ समिति, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा
९. प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समिति
१०. प्रगतिशील प्राध्यापक संगठन क्याम्पस एकाइ समिति, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा
११. नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, झापा
१२. कनकाई सुरुङ्गा प्रेस क्लब, कनकाई नगरपालिका, झापा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर