Aamsanchar

कुष्मान्ड नवमी, अमला अमृत बन्ने दिन

Author Image
बुधवार, कार्तिक २०, २०७६

‘अमला’ लाई एउटा फलको रुपमा मात्र हेरेका हामी सबैलाई सायद यो कुरा थाहाँ नहुन सक्छ कि थुप्रै गुणहरुले भरिपूर्ण यो फलको धार्मिक मान्यता पनि उतिक्कै रहेको छ। अमला फलको वृक्षमा भगवान विष्णु र भगवान शिवको बास हुने धार्मिक मान्यता रहेको छ। त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान विष्णु र भगवान शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ। यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ।

पुराणमा उल्लेख भए अनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि) भगवान विष्णुले कुश्माण्ड नामक दैत्यको वध गरेका हुन्। त्यसैकारण आजको दिनलाई कुश्माण्ड नवमी भनिएको हो। अमला भगवान विष्णुको प्रिय फल रहेकाले आज अमलाको विशेष महत्व रहेको हो। आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ।

यो विशेष दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरु झर्ने मान्यता छ त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याद नष्ट हुने जनविश्वास छ। आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ। यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरु नष्ट भइ सबै मनोकामना पुरा हुने जनविश्वास रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)