Aamsanchar

छोरी कुट्ने ज्वाईलाई सासूले गरिन् खुकुरी प्रहार

Author Image
बिहिवार, कार्तिक २१, २०७६


दाङको घोरही उपमहानगरपालिकामा ससुराली गएका ज्वाईमाथि आफ्नै सासूबाट धारिलो हतियार प्रहार भएको छ। दाङको शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दमाथि बुधबार दिउँसो आफ्नै सासू ४१ वर्षीया मधुकुमारी मल्लले धारिलो हतियार प्रयोग गरेकी हुन्। सासूको प्रहारबाट गणेशको टाउकोमा गम्भीर चोट लागेको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार बुधबार राति नेपालगञ्ज बाँके रिफर गरेको प्रहरीले जनाएको छ।

छोरी सरस्वती मल्ललाई कुटपिट गरेको भन्दै मधुले ससुराली आएका बेला ज्वाईमाथि घारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय घोरहीले सासू मधुकुमारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर