Aamsanchar

बहुमुखी क्याम्पसका अध्यक्ष चुडाललाई बिद्यार्थीले दले कालोमोसो

Author Image
बिहिवार, कार्तिक २१, २०७६


कनकाई बहुमुखी क्याम्पस सुरुङगाका प्राध्यापक हरि तिम्सिनालाई निष्कासनको बिवादले उग्ररुप लिएको छ । संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिहीबार बिद्यार्थीले कालोमोसो दलेका छन् । क्याम्समा १ महिना देखि जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले अध्यक्ष चुडाललाई कालोमोसो दलेका छन् । बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी बिद्यार्थीले मोसो दलेका हुन । प्राध्यापकले तलब लगायातका माग राख्दा प्राध्यापक संघका अध्यक्ष समेत रहेका तिम्सिनालाई सेवाबाट हटाइएपछी क्याम्पसमा बिबाद सुरु भएको थियो । बिद्यार्थीले तिम्सिनाको पुनरबहालीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।

बैठकमा उठेको बिवाद समेत क्याम्पस संचालक समितिले समाधन गर्न नसकेपछि बिद्यार्थी आक्रोशित भएका थिए । सोही घटनाले क्याम्पसमा तनाव भएको थियो । क्याम्पसमा नेविसंघ र अखिल समर्थित बिद्यार्थीबीच झडपको सम्भावना भएकोले प्रशासनले ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो । यता कनकाई क्याम्पसमा अखिलका बिद्यार्थीहरुले लगाएको ताला भने प्रहरीले फोरेपनि एकसाता देखि क्याम्पसमा पठ्नपाठ्न ठप्प छ । निष्काशन गरेका प्राध्यापक संघका सभापति तिम्सिनालाई पुर्नवहाली गर्नुपर्ने माग राख्दै क्याम्पस संचालक समिति बिरुद्ध क्याम्पसका प्राध्यापक र बिद्यार्थीले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

यता क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडालले भने प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई क्याम्पसबाट निकालिएको नभएर करार अवधि नथपिएको बताएका छन् । तिम्सिना १६ बर्षदेखि कनकाई क्याम्पसमा प्राध्यापन गराउदै आएका थिए । यता कालो मोसो दलेको भन्दै क्याम्पसमा अध्यानरत केही बिद्यार्थीबिरुद्ध कटिानी जाहेरी परेको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर