Aamsanchar

देउसीको रकम शिक्षामा लगानी

Author Image
शनिवार, कार्तिक २३, २०७६


बिर्तामोड, कात्तिक २३ । देउसी भन्ने वित्तिकै रमाईलो, चलिआएको परंपरालाई निरन्तर दिनु हो । देउसी खेल्दा संकलन भएको दानभेटीलाई धेरै संघ संस्था समूहले बनभोज, भ्रमण र फुलत खर्च गरेर सक्ने गर्छन तर रोट्रयाक क्लब अफ विर्तामोडले यस बर्ष देउसी खेलेर संकलित रकमलाई विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण सदुपयोग गरेको छ ।

रोट्रयाक क्लब बिर्तामोडले शनिबार विर्तामोड १० स्थित चमरधाप प्राथमिक विधालयका ५० जना विधार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरेको हो । .औपचारिक कार्यक्रम गरेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि रोटरी क्लब अफ विर्तामोडकी अध्यक्ष निकिता गिरीले उक्त शैक्षिक सामाग्रीहरू प्रदान गरेकी थिईन । निशुल्क शैक्षिक सामाग्री पाएपछी विद्यार्थीहरु धेरै खुशी भएका थिए ।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि गिरीले भनिन यो काम अन्यन्त सराहनिय हो समाजमा सबैले आआफ्नो तर्फवाट यस्तै सहयोग गर्न सके समाज परिवर्तन हुन कुनै समय लाग्दैन, यसले पढाईमा प्रोत्साहन मिल्ने छ ,विपन्न परिवारका विधार्थीहरूलाई अलिकति भएपनि सहयोग पुग्ने र आगामी दिनमा पनि यस विधालयलाई लक्षित गरेर अन्य कार्यक्रमको लागि पहल गर्ने आस्वसन दिएकी छन ।

बिद्यालय आउने धेरै विधार्थी विपन्न परिवारको भएको र अहिलेसम्म सरकारी तवरबाट पनि खासै सुविधा नपाएकाले यो शैक्षिक सामाग्री वितरणले विधार्थीलाई फाइदा पुगेको र विधालयलाई थप हौसला मिलेको विद्ययालयका प्रधानाध्यापक नरेन्द्र गुरूङले बताए ।

रोटरी क्लब विर्तामोडको सहयोग र ओली एण्ड एसोसिएट्सको सहकार्यमा सम्पन्न कार्यक्रममा रोटरी प्रेसिडेन्ट इलेक्ट रोटरियन निर्मल भट्टराई, रोटरियन् सन्जीव घिमिरे, रोट्रयाक पास्ट प्रेसिडेन्ट विकास वस्नेत, बसन्त बुढाथोकी, अविभावकहरू र क्लबका सदस्यहरूको उपस्थिति थियो ।

क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षता रहेको कार्यक्रममा, बसन्त बुढाथोकीले स्वागत र क्लबकी सदस्य भुमिका सुब्बा फियाकको संचालन गरेकी थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर