Aamsanchar

मुसा र उडुस मार्नेहरुको कथा

Author Image
आइतवार, कार्तिक २४, २०७६


आफ्नो घर वा कतै पाहुना लाग्दा उडुस, साङ्ला, मुसा, झिंगा, लामखुट्टेको हैरानी नभोग्ने सायदै कोही नेपाली होलान् ।

यस्ता किराको हैरानी नेपालीका लागि सामान्य नै हो । काठमाडौंको वसुन्धारामा खुलेको ‘ओरेन्ज बल कम्पनी’ले यस्ता किराहरु निर्मूल पार्ने काम गर्छ, त्यो पनि ग्यारेन्टी दिएर । अत्याधुनिक उपकरणका साथ तालिमप्राप्त व्यक्तिहरु संलग्न ओरेन्ज बल प्रालिकोे नारा नै छ– ‘भुसुनादेखि सर्पसम्म, साङ्लादेखि मुसासम्मका समस्यामा हामीलाई सम्झनुहोस् ।’

१८ वर्षे केटोले जन्माएको व्यवसाय

कदाचित पाहुनाको अगाडि उपिया, साङ्ला देखिए प्रायः सबैको एउटै मुख हुन्छ– ‘ओहो १ घरमा त थिएन, कहाँबाट आएछ रु’

यथार्थचाहिँ के हो भने, घर होस् वा अफिस, हरेक नेपाली हर दिनजसो मौसम अनुसार साङ्ला, उडुस, उपियाँ, लामखुट्टे, मुसा, सर्प लगायतसँग माथापच्ची गरिरहेका हुन्छन् । यो समस्या समाधानका लागि धेरैले गर्ने सरल कर्म भनेको पसल जाने, विषादी किन्ने र घरमा छर्कने वा राख्ने हो ।
वसुन्धराका विद्यानन्द झा ९१९०ले आम मानिसको यही समस्यामा एउटा गजबको बिजनेस देखे । सप्तरीको राजविराजका स्थायी बासिन्दा झाका बाबुआमा काठमाडौंमा जिविकोपार्जनका लागि मजदुरी गर्छन् । बाबुआमा जेठो छोरो विद्यानन्द धेरै पढोस् र सरकारी जागिर खाओस् भन्ने चाहन्थे ।

प्लस टु पढ्दै गर्दा विद्यानन्दले भोटाहिटीको एउटा मोबाइल पसलमा काम सुरु गरे । त्यहाँ उनले बिग्रेका मोबाइल मर्मत गर्ने काम सिके । मोबाइल पसलको अघिल्लतिर एउटा विषादी पसल थियो, जहाँ उडुस, उपियाँ, घुन, साङ्ला, मुसा, धमिरा लगायतले दुःख दिएको भन्दै मानिसहरु आउँथे । त्यहाँ एक पटक किनेर लगेकोे विषादीले समस्या समाधान नभएको भन्दै दोहोर्याएर आउनेहरु विद्यानन्दले प्रशस्त देख्थे ।

त्यो दृष्यले दिमागमा विषादीलाई कसरी व्यवसाय नबनाउने भन्ने कुरा घुम्न थाल्यो । विद्यानन्द सम्झन्छन्, ‘लाग्न थाल्यो, मैले विषादी छर्केर घर, अफिस किरामुक्त बनाइदिएँ भने कसो पैसा नकमाइएला ?

न लगानी न ग्राहक

विषादीको काम गर्ने ‘आइडिया’ बुबाआमालाई सुनाउँदा सुरुमा हप्की खान पर्‍यो । झा दम्पत्ती छोरालाई जसरी पनि सरकारी जागिरे बनाउन चाहन्थे । त्यसैले भनिदिए, ‘विषादी व्यवसाय तेरो बसको बात हैन, खुरुखुरु पढ् ।’

त्यसपछि नजिकका केही आफन्तलाई आफ्नो ‘आइडिया’ सुनाउँदा पनि लगानीका लागि कसैले नपत्याएपछि विद्यानन्दले त्यही पसलबाट उधारोमा विषादी र त्यसलाई छर्कने पम्प लिए । मोबाइल पसलमा आफूसँगै काम गर्ने भाइलाई ‘पार्टनर’ बन्न राजी बनाए । तर ग्राहक खोई रु

त्यसमाथि विद्यानन्दले विषादीबारे पढेका पनि थिएनन् । तर त्यही काम गर्ने तीव्र इच्छा भएपछि उनले इन्टरनेटलाई ज्ञानको स्रोत बनाए । गुगल सर्च गरी–गरी व्यवसायको ढोका खोले । इन्टरनेटमा भेटेको पेष्ट कन्ट्रोल कम्पनीहरु अकल्यान्ड अमेरिका र ब्रिटिस पेष्ट कन्ट्रोललाई उनले मेल लेखे । ती कम्पनीहरुले तीन महिनाको अनलाइन कोर्स गर्ने अनुमति दिएपछि २०६८ सालमा उनी भारतको चण्डीगढ गए ।

कोर्ष सकेर पूर्णरुपमा तयार भएर फर्किएपछि पनि उनलाई साथीभाइ र आफन्तले ‘विष व्यावसाय’का लागि पत्याएनन् । लगानी जुटाउन केही नलागेपछि उनले आफ्नो योजना ९सेवा०बारे सबै कुरा खुलाएर वर्डप्रेसमा एउटा बल्ग लेखे । ब्लगमा भनिएको थियो– घर, होटल, कार्यालय, रेष्टुँरा, अस्पताल जस्ता कुनै पनि ठाउँमा उडुस, उपियाँ, घुन, साङ्ला, मुसा, धमिरा, सर्पको आतंकबाट हुने अप्ठ्यारो समाधान गर्न सक्छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर