Aamsanchar

सताक्षीधाम धार्मीक महोत्सवको तयारी अन्तिम चरणमा

Author Image
आइतवार, कार्तिक २४, २०७६

झापा, कात्तिक २४ । एक नम्बर प्रदेशकै प्रमुख धार्मीक गन्तव्यका रुपमा परिचित सताक्षीधाम परिसरमा आयोजना हुन लागेको धार्मीक महोत्सव तथा १०८ कुण्डको कोटिहवनको बारेमा जानकारी दिने उद्धेश्यले आईतवार आयोजना गरिएको पत्रकार संमेलनमा देशविदेशबाट आउने पाहुनहरुका लागि आवास ( कुटी) निर्माण, खानेपानी, विद्युत लगायतको भौतिक अस्थाई पूर्वाधारहरुको निर्माण सम्पन्न भएको आयोजक श्रीसताक्षी धार्मीक महोत्सव एव कोटिहोम महायज्ञ मुल समारोह समितिले जनाएको छ ।
अतिथी पाहुनाको स्वागतका लागि झापा, मोरङ र सुनसरीका विभिन्न ठाउमा ३० वटा स्वागत द्धारा निर्माण भएको छ । धार्मीक महोत्सवको प्रचार प्रसारका लागि पोष्टर, पम्प्लेटिङ्ग, माईकिङ्ग, ठाँउ–ठाँउमा धार्मीक महोत्स काटिहोम र गौरक्षा लगायतका विषयमा जानकारीमुलक कार्यक्रमहरु सञ्चालन गरिएको प्रचार प्रसार उपसमितिले जनाएको छ ।
सताक्षीधाममा ५ वर्ष अघि स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यक्ता र शास्त्रीय गुणको बारेमा जनचेतना जगाउन धाम परिषरमा वर्षेनी गौकथा महोत्सवको आयोजना गर्दे आएको छ । यो पटक उक्त महोत्सवलाई वृहत र विश्वव्यापी बनाउन धार्मीक महोत्सवको नाम दिएर १०८ कुण्डको कोटिहोम पनि हुन लागेको हो । वर्षेनी धाम परिषरमा हुने यस्ता अनुष्ठानले शिवसताक्षी नगरको गरिमा उच्चो भएको नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।
३ करोड रुपैयाँ लागत अनुमान गरिएको सो धार्मिक अनुष्ठान बाट वचेको भेटीले गोलोक गोवद्र्धन गौसाला वृद्ध र रोगि गाईको उपचार सहयोग र सताक्षीधाम परिषरको पुर्वाधार विकास गर्ने आयोजक समितिले लक्ष्य लिएको छ । महोत्सवको उद्घाटनका दिन १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राई लगायत करिव १३ मुलुकका हिन्दु धर्मका विद्धत वर्गको सहभागीता हुने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)