Aamsanchar

नेकपाको सचिवालय छलफलबाट हटाईन लागेका मन्त्रीहरु

Author Image
मङ्गलवार, कार्तिक २६, २०७६

काठमाडौं । मन्त्रीहरु फेरवदल गर्ने विषयमा नेकपामा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रीपरिषद् हेरफेरको विषयमा दुईदिन अघि छलफल भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भएको हो। आइतबारको छलफलका आधामा हिजो सोमबार नेकपाको सचिवालयमा बैठक बसेको छ ।

केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको छ । पूर्व नेकपा र पूर्व माओवादीबाट नाम तयार गरिदैछ । पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मातृका यादवलाई हटाउने तयारी छ । पूर्व एमालेबाट महिला बालबालिकामन्त्री थममाया थापालाई हटाउने तयारी भएको छ । अरु नाममा विषयमा छलफल चलिरहेको छ । मन्त्री कायम रहेपनि केहीको मन्त्रालय हेरफेर हुने श्रोतले बताएको छ ।

सञ्चारमन्त्री गोकूल बास्कोटालाई हटाउने या मन्त्रालय फर्नेमा टुङगो लागेको छैन । अध्यक्ष ‘प्रचण्ड’ नेता सुवास नेम्वाङसहितका नेताको मत बास्कोटालाई हटाउनेपर्नेमा देखिएको छ । तीन पटक संसदीय चुनाव जितेका वसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमत छन्। प्रभु शाहलाई पनि मन्त्री बनाउने तयारी छ ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर