Aamsanchar

प्रहरी चौकीमा बम विस्फोट, प्रहार गर्ने भारतीय पक्राउ

Author Image
मङ्गलवार, कार्तिक २६, २०७६


रौतहटको एक प्रहरी चौकीमा बम प्रहार भएको छ । इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको हो । प्रहरीका अनुसार विस्फोटमा एक प्रहरी जवान घाइते भएका छन् ।

भारतीय नम्बर प्लेट बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले बम प्रहार गरेका थिए । त्यसक्रममा प्रहरी जवान रञ्जितकुमार यादव घाइते भएका छन् । उनको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विस्फोटमा परी नजिकै चउरमा चरिरहेको एउटा बाख्रा समेत मरेको छ । बम फाल्नका लागि प्रयोग भएका मोटरसाइकलका चालक भारत घर बनाउने २५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले मोटरसाइल सहित नियन्त्रणमा लिएको छ । मोटरसाइकलको पछाडि बसेर बम फाल्ने व्यक्ति भने फरार छन् ।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर