Aamsanchar

टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

Author Image
बुधवार, कार्तिक २७, २०७६

फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । हिलिहाङ–४, सालिङ्गेमा आज मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग हुँदै आएको टिपर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बा २ क २९२० नम्बरको टिपर चालकको नियन्त्रण बाहिर भएपछी पल्टिएको हो ।

दुर्घटना भएको टिपर घटनास्थलमै रहेको र दुवै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । टिपर पल्टिँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक धादिङका २५ वर्षीय विनोद तामाङ र टिपरमा सवार पाँचथर हिलिहाङ–१ का २३ वर्षीय भिम तामाङको मृत्यु भएको प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर