Aamsanchar

विद्यार्थी कुटपिट गरेर निःशुल्क पठन–पाठन गरिदिए पछि सहमति

Author Image
बिहिवार, कार्तिक २८, २०७६


विराटनगरर स्कुलले लिएको परीक्षामा फेल भएको भन्दै विराटनगर–४ राजवंशी चौकस्थित अर्पण बोर्डिङ स्कुलका शिaक्षक तथा सञ्चालक निमेष बस्नेतले निर्घात कुटपिट गरेको एक छात्रालाई निःशुल्क पठन–पाठन र घरमा पुगेर सार्वजनिक रूपमा माफी मागेपछि दुवै पक्षबीच सहमति भएको छ ।

पीडित पक्षको घरमा पुगेर शिक्षक बस्नेतले माफी र पीडितलाई कक्षा १२ सम्म निःशुल्क रूपमा पठन–पाठन गरिदिने प्रतिबद्धता जनाएपछि बुधबार दुवै पक्षबीच सहमति भएको हो । नियमित स्कुल नआएको र स्कुलले लिएको परीक्षामा तीनवटा विषयमा फेल भएको भन्दै मोरङ बूढीगङ्गा गाउँपालिका–२ टङ्की सिनवारीकी रोशनी भण्डारीलाई शिक्षक बस्नेतले सोमबार पाइपले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट भण्डारीको कम्मरदेखि मुनिको भागमा गहिरो चोट लागेको छ ।

कुटपिट गर्ने शिक्षक घरमा आएर माफी माग्दै आउँदो दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि सहमति भएको रोशनीकी आमा पुष्पा भण्डारीले बताइन् । ‘आवेगमा आएर एक पटकलाई गल्ती भयो भन्दै कुटपिट गर्ने शिक्षकले माफी माग्दै घरमा आउनुभयो’ उनले भनिन्, ‘आउँदा दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएपछि हामीले माफी दिएका छौं ।’ स्कुलमा लठ्ठी र पाइपले कुटपिटमा पूर्णरूपमा प्रतिबन्ध लगाएको पनि बताइएको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा मङ्गलबार साँझ घाउजाँच फारम भरेर कुटपिट गर्ने शिक्षकविरुद्ध उजुरी दिएका थिए । पीडित र पीडकबीच सहमति भएपछि बुधबार जिप्रका मोरङमा उजुरी फिर्ता लिन पुगेका थिए । तर, प्रहरीले घाउ ठीक नभएसम्म सहमति नहुने भन्दै दुवै पक्षलाई बुधबार साँझ घर पठाइदिएको छ ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर