Aamsanchar

फेवातालमा बंगलादेशका राष्ट्रपति

Author Image
बिहिवार, कार्तिक २८, २०७६
 
चार दिनका लागि नेपालको भ्रमणमा आएका बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा शयर गरेका छन्। उनी आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन्। विमानस्थलमा उनको स्वागतपछि डुंगा शयर गराइएको हो।
 
हमिदको स्वागतका लागि ठाउँ ठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ। हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिएको छ। फेवाताल सयरपछि फिस्टेल लजमा लञ्च ब्रेक हुनेछ। त्यसपछि उनी हेलिकप्टरमा रुपाकोट रिसोर्ट जानेछन्।
 
रूपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन्। रुपा गाउँपालिकाले त्यहाँ स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच झाँकीहरु प्रदर्शन गर्नेछ। रुपाकोटमा उनले एक घण्टा बिताउने कार्यक्रम छ। त्यसपछि उनी उनी आजै काठमाण्डौं फर्केका छन ।
 
 
 
Chat Conversation End
 
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर