

विर्तामोड । विर्तामोड र आसपासका क्षेत्रमा भारतीय मोटरसाईकल र गाडी लिएर चोरी गर्न आउदा पक्राउ परेका सेलाउन नपाउदै, चोरका अनेक दाउ भने झैँ काउसो दलेर लुट्न प्रयास गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडबाट पक्राउ गरेको छ ।

भारत बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र १२ वर्षीय तुसार ग्वालालाई बिर्तामोडस्थित मनमोहन अस्पताल नजिकैबाट पक्राउ गरिएको बिर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए ।

उपचारका लागि मनमोहन अस्पताल आएका अर्जुनधारा–६ का बम बहादुर तामाङलाई ग्वालाले काउसो दलेर लुटपाटको प्रयास गरेका थिए । छोराको उपचारका लागि आएका तामाङको साथबाट ५० हजार नगद रहेको झोला लुट्ने प्रयास गरिएको प्रहरीको भनाई छ । आज ४ बजे पक्राउ परेका उनीहरुलाई इप्रका अनारमनी मै राखेर थप अनुसन्धानअघि बढाइएको डिएसपी थापाले बताए ।

Views: 159

