Aamsanchar

वाई वाई कम्पनीमा लफडा, कडा नियम लागुगर्न पाईदैन भन्दै मजदुर आन्दोलनमा, कम्पनी अनिस्चितकालका लागि बन्द

Author Image
शुक्रवार, कार्तिक २९, २०७६

सुनसरी । विभिन्न माग राखी कामदार हड्तालमा उत्रिएपछि सुनसरीको गढी गाउँपालिकाको औरावनीमा सञ्चालित सीजी फुड्स इन्ड्रसटिज प्रालि तत्कालकालागि बन्द गरिएको छ ।
प्रालिले सहज वातावरण नबनुनजेल उद्योग सञ्चालनमा ल्याउन नसकिने जनाएको छ । उद्योगले सूचना टाँस गरि अर्को सूचना जारी नहुन्जेल सम्मलाई उद्योग बन्द गरिएको जनाएको छ ।

सीजी फुड्स औरावनीका प्रवक्ता श्याम पोखरेलका अनुसार कामदारको आन्दोलनका कारण असुरक्षा महसुस भएकाले तत्कालकालागि उद्योग बन्द गर्ने निर्णय गरिएको बताए । पोखरेलले आन्दोलित कर्मचारीलाई काममा फर्कन आग्रह गरिएको समेत बताए । कामदारको आन्दोलनका कारण २ दिनयता उद्योगको उत्पादन ठप्प भएको छ । उद्योग सञ्चालनमा नआउँदा चाउचाउ र भुजिया गरि दैनिक १३ हजार कार्टुन उत्पादन प्रभावित बनेको उद्योग प्रशासनले जनाएको छ । हड्तालका कारण दैनिक एक करोड बढीको नोक्सानी सहनु परेको समेत उद्योग प्रशासनले जनाएको छ ।

आन्दोलित कामदारहरुले खाजा,नास्ता खाने र शौचालय जाने जस्ता सवालमा समेत कम्पनीले कडाई गरेकाले उद्योग विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
आन्दोलित कामदार मध्येका कृष्ण चौधरीले उद्योग कामदारको हकहीतको पक्ष्यमा नदेखिएकाले आन्दोलित बन्नु परेको बताए । खाना खानकोलागि घर जान पाउनु पर्ने आफुहरुको अडानलाई उद्योगले वेवास्ता गरेको उनी बताउँछन् । चौधरीले आफुहरुको एकमात्र माग खानाकालागि उपलब्ध गराइने समयमा उद्योग बाहिर निस्कन पाउनु पर्ने रहेको बताए ।

कामदारको गुनासो र आन्दोलनका सवालमा उद्योग प्रशासनले भने बेतुकको राजनीति लाद्न खोजिएको प्रतिकृया दिएको छ । श्रम ऐन अन्र्तगत आफुहरुले कामदारको हकमा सेवा सुविधा दिएको सीजी फुड्सले जनाएको छ । पोखरेलले आन्दोलित कामदारहरुले लगाएको जस्तो आरोपमा सत्यता भने नभएको बताए । उनले कम्पनीको नियम भन्दा बाहिर जान नसकिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)