Aamsanchar

भारतबाट चोरीका गाडी ल्याएर बेच्ने २ जना पक्राउ

Author Image
शुक्रवार, कार्तिक २९, २०७६


काठमाडौं । भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाको सुलिकोट गाउँपालिका(७ घर भइ हाल काठमाडौंको गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–२ घर भई हाल काठमाडौंको काभ्रेस्थली बस्ने ३९ वर्षीय दीपकबहादुर बुढा ९दीपेन्द्र० छन् ।

उनीहरुको नेपाल ल्याएर बेचेका चार वटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बा१८च ३१३८ नम्बरको एस(फोर स्कारपियो, बा२१च ८७१४ नम्बरको एस(सेभेन स्कारपियो, बा११च ९७४९ नम्बरको फरच्युनर र डी एल२सी ए जेड ७७९९ भारतीय नम्बरको क्रेटा गाडी काठमाडौंका बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको कालिमाटी प्रहरी प्रमुख रुगम कुँवरले जानकारी दिए । प्रहरीका अनुसार यी गाडीहरु यातायात कार्यालयमा दर्ता छैनन् ।

कतिपय गिरोहले वर्कसप सञ्चालकसँग मिलेमतो गरेर गाडीहरु नेपाल भित्राउने र काल्पनिक च्यासिस नम्बर समेत खोपेर यातायात कार्यालयबाट कागजात बनाउने गरेको पाइएको छ ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर