Aamsanchar

स्पिच कन्टेस्टको उपाधी बेदान्तले प्राप्त गरे

Author Image
शुक्रवार, कार्तिक २९, २०७६

बिर्तामोड, कात्तिक २९ ।  सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट २०७६ को उपाधी झापाको कन्काई नगरपालिका बेदान्त तिम्सिनाले जितेका छन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको उपाधी कक्षा १० मा अध्यनरत तिम्सीनाले जितेका हुन् ।

शुक्रवार भएको फाइनल प्रतियोगितामा भद्रपुर नगरपालिकाकी रीना घिमिरे दोश्रो, अर्जुनधारा नगरपालिकाका निलिमा लिम्बु तेश्रो भएकी छिन् । यस्तै अर्जुनधाराकै चर्चिता लुईटेल र दिक्षा भट्टराईले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ साथै ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी दोश्रो,तेश्रो र सान्तवना हुनेले क्रमश १५ हजार,१० हजार र ४,४ हजार रुपैयाँ सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेताहरुलाई सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी ,कार्यक्रमका प्रमुख अतिथि प्रा.डा पृथ्वी विक्रम राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा असोसिएट प्रोफेसर तथा वरिष्ठ संचारकर्मी शिरोमणी खतिवडा‘सिरो सान्दाई’, विविसि नेपाली सेवाका संवाददाता उमाकान्त खनाल र मेची बहुमुखी क्याम्पस भद्रपुरकी अध्यापक गायत्रा सुवेदी रहेकी थिइन् ।

गत भदौ देखि शुरु प्रतियोगितामा ७० वटा विद्यालयका १ सय ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतिस्पर्धीमा रहेको विषयवस्तु,भाषाको ज्ञान र प्रस्तुतिकरणका आधारमा विजेता छनोट गरीएको प्रतियोगिताका संयोजक देवी गौतमले जानकारी दिए ।

सूर्योदय टेलिभिजनले स्पिच कन्टेस्ट,क्वीज लगायत शिक्षा क्षेत्रमा विभिन्न महत्वपुर्ण कार्यक्रमहरु गर्दै आएको छ । सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्टको सिजन–२ आगामी बैशाखबाट शुरु गरीने टेलिभिजनले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर