Aamsanchar

माथिको आदेशभन्दै प्रहरीले हटायो ठेकेदारका तस्बिर

Author Image
शनिवार, कार्तिक ३०, २०७६

 

भक्तपुर ।  समयमै काम नसकाएको भन्दै विरोधस्वरूप नगरकोटका स्थानीय पीडितले ठाउँठाउँमा राखेका ठेकेदार शारदाप्रसाद अधिकारीका तस्बिर ९पोस्टर० हटाइदिएका छन्। भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म राखिएका ठेकेदार अधिकारीका तस्बिर माथिको आदेश भन्दै सादा पोसाकमा आएका प्रहरीले हटाइदिएको स्थानीयले जनाएका छन्।

स्थानीय पीडितले कात्तिक २६ गते तस्बिर टाँगेका थिए। माथि कुकुर, बाँदरलगायत जनावर र तल ठेकेदार अधिकारीको फोटो राखेर भक्तपुर नगरकोट सडकका पोलपोलमा टाँगिउका थिए। नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा तस्बिरहरू टाँगिएका हुन्। समितिका अध्यक्ष नवीन गुरुगले अधिकांश तस्बिरहरू सादा पोसाकमा आएका प्रहरीले हटाएको जानकारी दिए। पोलहरूमा एक सय ३० र गाडीमा ४० वटा गरी एक सय ७० वटा तस्बिरहरू टाँगेका थियौं,’ नागरिकसँग उनले भने, ‘तर त्यही दिन माथिको आदेश भन्दै झिकिए।’ अध्यक्ष गुरुङका अनुसार विशेष गरी ठुल्ठुला तस्बिर झिकिएका र केही साना एक दर्जन जति तस्बिर बाँकी रहेका छन्।

कमलविनायक–नगरकोट सडक खण्डअन्तर्गत करिब १६ किलोमिटर सडक जिम्मा लिएको ६ वर्ष बितिसक्दासमेत विस्तार कार्य नसकेपछि नगरकोट चोक, बिजुली र टेलिफोनका खम्बासँगै सवारीसाधनमा ठेकेदार अधिकारीका तस्बिर टाँगिएका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरधनी हुन्।

ठेकेदार नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरधनी हुन्। कमलविनायक नगरकोट सडक खण्डअन्तर्गत करिब १६ किलोमिटर सडक जिम्मा लिएको ६ वर्ष बितिसक्दासमेत विस्तार कार्य नसकेपछि आक्रोशित स्थानीयले नगरकोट चोक, बिजुली र टेलिफोनका खम्बासँगै नगरकोट आउजाउ गर्ने सवारीसाधनमा ठेकेदार अधिकारीका तस्बिर टाँगेका थिए।

२०७१ असोजमा दुई वर्षमा काम सक्ने भन्दै शैलुङ कन्स्ट्रक्सनले करिब ३२ करोड रुपैयाँमा भक्तपुरको कमलविनायक नगरकोट सडकको ठेक्का सम्झौता गरेको थियो। तापनि निरन्तर म्याद थप्दै चौथो पटक पछिल्लोपटक २०७६ असोज १२ गते म्याद थप गरिएको थियो। स्थानीयले भने सैलुङ कन्स्ट्रकसनले पटकपटक म्याद थपेर पनि कामै नगरेको आरोप लगाउँदै म्याद नथपी कारबाही गर्न माग गर्दै आएका थिए।

पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा नगरकोटको पर्यटन व्यवसाय भने सडकको दुरवस्थाकै कारण धराशयी हुने भन्दै विरोध गरेको व्यवसायीको भनाइ छ। पर्यटकीय मौसममा पनि यहाँका होटल खाली भएपछि व्यवसायी र स्थानीय मिलेर तस्बिर टाँगे पनि प्रहरीले माथिको आदेश र उपनिर्वाचनअघि आचारसंहिता लाग्ने भन्दै हटाइदिएको स्थानीयले बताएका छन्। यसपछि स्थानीय झनै आक्रोशित बनेका छन्। आक्रोशित स्थानीयले अब पनि द्रुत गतिमा काम नगरे नगरकोटदेखि कमलविनायकसम्म जताततै ठेकेदार अधिकारीका तस्बिर टाँग्ने उनीहरूले चेतावनी दिएका छन्।

आजको नागरिकमा खबर छ ।

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर