Aamsanchar

पूर्वी पहाडमा गोरुले हानेर एक महिलाको मृत्यु

Author Image
शनिवार, कार्तिक ३०, २०७६

संखुवासभा :  जिल्लाको खाँदबारी नगरपालिका ११ मा गोरुले हानेर एक महिलाको मृत्यु भएको छ। गोरुले हानेर गम्भीर घाइते भएकी खाँदबारी ११ हरेलो बस्ने ७३ वर्षीया फुर्वा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। गोरुलाई घाँस हाल्न गोठ पुगेकी शेर्पालाई गोरुले हानेर गम्भीर घाइते भएकी थिइन्।

घाइते शेर्पाको उपचारको क्रममा शनिबार जिल्ला अस्पताल खाँदबारी ज्यान गएको प्रहरीले जनाएको छ। शेर्पाको शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। गोरुले हानेर मृत्यु भएको जिल्लामा पहिलो घटना हो।

 

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर