Aamsanchar

सन्दकपुरमा भारतले कब्जा गरेको भूमि विद्यार्थीद्वारा फिर्ता, गाडियो नेपालकै झण्डा

Author Image
शनिवार, कार्तिक ३०, २०७६

झापा । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियू इलाम जिल्ला कमिटीले नेपालको राष्ट्रिय झण्डा फहराएको छ।आज शनिबार अनेरास्ववियूले भारतीय सीमा सुरक्षा वल एसएसबीसँग प्रतिकार गरेर राष्ट्रिय झण्डा गाडेको हो।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्युटावर निर्माण अवरूद्ध गरी भारतले सो भूभाग कब्जा गरेको थियोे।सो कव्जा गरेको जमिनमा अनेरास्ववियूले नेपाली राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा वल एसएसबीले वल प्रयोग गरेपछि झपड भएको थियो।झडपमा सीमा सुरक्षा वल एसएसबीका एक जवान घाइते भएका छन्। अनेरास्ववियूका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनिएर लेखिएको वोर्डसमेत भत्काएर फ्याँकिदिएका छन्।

कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस पनि गरेका थिए।भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमि आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा भारत विरोधी आन्दोलन जारी छ। अनेरास्ववियू केन्द्रीय कमिटीले भारतीय राजदुतावास घेराउ गर्नेदेखि सडक आन्दोलनसम्म गरेको छ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर